कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु


न्युज अफ नेपाल , जनकपुरधाम ।

सिरहामा कोरोना संक्रमणबाट एक जना चिकित्सकको ज्यान गएको छ । मृत्यु हुनेमा लहान नगरपालिका, ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा मुकेश चौधरी रहेका छन् ।  ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई विराट नर्सिंङ लगिएको थियो । उनको सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै मृत्यु भएको हो ।