हेटौंडामा निषेधाज्ञाबीच १ क्विन्टल गाँजा बरामद


हेटौंडा, (नेस) ।

कोरोना नियनत्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच हेटौंडामा प्रहरीले ट्रकबाट १ क्विन्टल गाँजा बरामद गरेको छ ।सोमबार विहान करिब पौने ६ बजे हेटौंडा–१ को त्रिभुवन राजपथस्थित सडकखण्डमा नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना. २ ख ९८६२ नम्बर ट्रकबाट गाँजा बरामद गरिएको हो ।

ट्रकको क्याबिन हुटमा फल्स बटम बनाएर लुकाइल्याएको १७ वटा पोकामा लागुऔषध गाँजा १ क्विन्टल फेला परेकोले गाँजा, ट्रकसहित ट्रकचालक काभ्रेपलाञ्चोक महाभारत गापा वडा–५ बस्ने वर्ष ४९ का आइतेबहादुर ठाडामगरलाई नियन्त्रणमा लिइएको थियो ।प्रारम्भिक अनुसन्धानमा सोमबार दिउँसो करिब १ बजे मकवानपुरको भीमफेदी गापा वडा–१ स्थितबाट उक्त गाँजा ओसारपसारमा संलग्न भीमफेदी गापा वडा–९ बस्ने वर्ष ४१ का ऐक्ला भनिने राजकुमार तामाङ र कैलाश गापा वडा–१० बस्ने वर्ष ३६ का सबिन भनिने सुबिन रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।