ललितपुरका यी २९ स्थानमा लगाउन पाइन्छ चिनियाँ खोप


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरपालिकाले २९ वटा खोप केन्द्र तोकेको छ।महानगरले सूचना प्रकाशित गरी सबै २९ वटा वडामा खोप केन्द्र राखिएको जनाएको छ। आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन आग्रह गरेको छ।

ललितपुरमा ६ जेठबाट भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। काठमाडौंमा भने २ जेठबाट दोस्रो डोज लगाउन थालिएको छ।भेरोसेलको दोस्रो डोज लगाउन यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन ललितपुर महानगरपालिकाले अपील गरेको छ।