नेप्से फेरि ऐतिहासिक बिन्दुमा


नेपाल समाचारपत्र, काठमाडौं
जेठ महिनाको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज ९ नेप्से० परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबारको कारोबारमा नेप्से सूचक ५४ दशमलव २१ अंकले वृद्धि हुँदै परिसूचक २७३८ दशमलव २९ बिन्दुमा पुगेको छ । यसअघि २७३५ दशमलव ४६ बिन्दुको रेकर्डलाई आइतबार तोडेको हो ।

यस दिन कारोबार रकम पनि बढेको छ । लामो समयदेखि कारोबार रकम बढ्न नसकेको स्थितिमा आइतबार उच्च कारोबार भएको छ । यस दिन २१४ वटा कम्पनीको २ करोड १३ लाख २८ हजार कित्ता शेयर १० अर्ब ४० करोड ३८ लाख रुपियाँको शेयर कारोबार भएको छ । कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ । राजनीतिक घटनाक्रमले एउटा कोर्स लिएपछि शेयर बजारका लगानीकर्ताले खरिद बढाउँदा कारोबार रकममा भने उत्साह देखिएको छ । परिसूचक र कारोबार रकममा भएको वृद्धिले शेयर बजारमा फेरि ‘पोजेटिभ भाइभ’ आउन सक्ने विश्लेषण गरिएको छ ।त्यस्तै यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८५ करोड २० लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ भने एनसीसी बैंकको ३१ करोड ५७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको २९ करोड जलविद्युत् लगानी तथा विकास कम्पनीको २५ करोड र शिखर इन्स्योरेन्सको २३ करोड रुपियाँ बराबरको शेयर किनबेच नेप्सेले जनाएको छ।

आइतबार कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । जसमा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ४ दशमलव २८ प्रतिशतलले बढेको छ । यस दिन कारोबारमा आएका ८ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रुरु जलविद्युत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९दशमलव ९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ दशमलव ९० प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ९दशमलव ९० प्रतिशतले बढेको छ । तर, युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव शून्य ५ प्रतिशतले घटेको छ भने आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३ दशमलव ८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३ दशमलव ७७ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चरको ३ दशमलव ४२ प्रतिशतले घटेको छ ।

संस्थागत लगानीकर्ता थपिए

नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न थप पाँच लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ । यससँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ ।बुक विल्डिङ विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने संस्थागत लगानीकर्ताको संख्या वृद्धि गर्दै लैजाने क्रममा यसरी थप संस्थालाई स्वीकृति दिएको बोर्डले जनाएको छ ।

थप गरिएका संस्थागत लगानीकर्तामा सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभभलपमेन्ट र कुमारी इक्विटी फन्ड रहेका छन्। एक महिनाको अवधिमा ी संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न १४ संस्थाले अनुमति पाइसकेका छन्। यसअघि वैशाख ३ गते ९ वटा संस्थालाई संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति दिइएको थियो।