मन्त्री आलेद्वारा २२ थान अक्सिजन सिलिन्डर सहयोग

0
Shares

विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । अक्सिजन नभएर कोरोनासङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी भएका छन् ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा नेपालगञ्जबाट जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूलो १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसारमन्त्री आलेकासहयोगमा ५० ओटा भरिएको अक्सिजन सिलिन्डर, ५० हजार मास्क  डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० ओटा भरिएको अक्सिजन सिलिन्डर  सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ । जिल्ला अस्पतालमा मन्त्री आलेका पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिक निकै खुसी हुनुका साथै कोरोना सङ्क्रमितलाई उपचार गर्नमा निकै सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रीज्यूले अक्सिजन पठाउनु भएको छ, अरु आउने क्रममा भएकाले कोरोना सङ्क्रमितको उपचारमा निकै सहजता हुने भएको छ ।” यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच वटा अक्सिजन कन्सेन्टे«टर मेसिन पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिनुभयो ।