संक्रमितको संख्या बढदै गएपछि रौतहटमा दोस्रो पटक निषेधाज्ञा जारी

0
Shares

सञ्जय कार्की, रौतहट ।

कोरोनाको संक्रमित संख्या बढदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा आज देखि कडाई गरेको छ । प्रमुख शहरका राजमार्ग र सहायक राजमार्गमा सबारी साधन चल्न रोक लगाएर मानिसहरुको आवागमन लाई फितलो बनाएको छ । रौतहटमा निषेधाज्ञा जारी भएपछि प्रमुख शहरका बजारहरु सुनसान रहेको छ ।

रौतहटमा परिक्षण गराएका कोरोना संक्रमितको संख्या ६ सय ३९ पुगेपछि स्थानीय प्रशासनले आज देखि सार्बजनिक यातायात र नीजि सबारी साधन लाई चल्न बाट रोक लगाएको छ भने फुटपाथ, खुल्ला ठाउ तथा ठेलागाडा वा साईकलमा एकै स्थानमा रोकी राखि संचालन हुने ब्यापार ब्यबसाय एबम कबाडी संकलनका साथै हाट बजार लाई पुर्णरुपमा संचालनमा रोक लगाएको छ । निर्माण सामग्री ढुवानीको हकमा भने राती ८ बजे देखि बिहान ७ बजे भित्र आवागमन गर्ने उक्त अबधि भित्र लोड अनलोड गरि गन्तब्यमा पुगि सक्नु पर्ने छ ।

स्थानीय प्रशासनले लगाएको यो दोस्रो पटकको निषेधाज्ञा हो । कोरोना संक्रमित मध्ये ७३ जना लाई रोग निको भैसकेको छ । संक्रमितहरु मध्ये अधिकास अस्थायी कोरोना अस्पतालमा भन्दा पनि उनीहरु होम आईसोलेसनमा बसेर उपचार गराईरहेका छन । होम आईसोलेसनमा बस्नेको संस्या भने ५ सय १९ जना रहेका छन । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले निषेधाज्ञाको उल्लघन गरेमा संक्रमण ऐन २०२० एवम स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने बताउनु भयो ।