धादिङको एमाले कार्यालय आइसोलेसन बनाइने

14
Shares

न्युज अफ नेपाल, धादिङ ।

कोभिड-१९ नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपाा एमालेले पार्टी कार्यालय समेत अस्पतालका लागि उपलब्ध गराउने भएको छ ।

नेकपा एकाले धादिङका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले पार्टीको सल्लाह बमोजिम नेकपा एमाले कार्यालयलाई आईसोलेशन बनाउन दिने बताउनुभयो ।

जनताहरु कोरोनाले थला परेको बेला पार्टी काम भनेको जनतालाई बचाउने भएकोले कोरोना संक्रमित विरामी राख्ने आईशोलेशन बनाउन सरकारलाई पार्टी कार्यालय दिईने श्रेष्ठ को भनाई छ ।

प्रधानमन्त्री केपि ओलीले पार्टी कार्यकर्ता र संगठनहरलाई कोभिड विरुद्ध लाग्न निर्देशन दिएपछि एमालेले जिल्लाभर सचेतना अभियान समेत संचालन गरिरहेको र स्थानीय सरकारलाई समेत सघाएको छ ।

पार्टी कार्यालमा कोभिड उपचार गराउन आईशोलेशन राख्न सहमति समेत सरकारलाई आग्रह समेत गरिएको छ ।