बनेपा हेल्थ केयरले शुरु गर्‍यो ‘कोभिड केयर किट’, संक्रमित बिरामीलाई अनलाईन सेवा

42
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेर झण्डै २ हजार पुग्न लागेको, अस्पतालमा बेड नभएर उपचार पाउन नसकेको र चिकित्सकिय परामर्श हुन नसकेको अवस्थामा नीजि क्षेत्रबाट संचालित स्वास्थ्य संस्था बनेपा हेल्थ केयरले अनलाईन मार्फत होम आईसोलेसनमा बसेका विरामीहरुका लागि चिकित्सकिय परामर्श सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

‘उपचार नपाएर विरामीहरु थप संकटमा पर्न नदिन विषम परिस्थितिमा उच्च स्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको बनेपा हेल्थ केयर प्रा.लि.ले कोभिड १९ बाट संक्रमित विरामीहरु घरमा आइसोलेशनमा हुनुहुन्छ उहांँहरुको लागी कोभिड केयर किट सहित चिकित्सकद्धारा अनलाइन टेलिमेडिसिन, भाइवर, ह्वाट्स एपको माध्यमवाट विशेष परामर्श सहितको शुलभ शुल्कमा ‘कोभिड केयर किट’ को प्याकेज शुुरु गरेका छौं’– बनेपा हेल्थ केयरका संचालक जितेन्द्र थापाले भन्नुभयो–‘विरामीको सेवामा समर्पित ‘कोभिड केयर किट’ होम आइसोलेशनमा बस्नु भएका संक्रमित बिरामीको लागी चाहिने सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको छ ।’

कोभिड केयर किटमा पल्स अक्सोमिटर, डिजिटल थर्ममिटर, वाफ लिने मेसिन, माक्स, पन्जा, सेनिटाइजर, सप्लिमेन्ट औंषधि संगै लाईफ सेभिङ्ग औंषधि छ । औंषधि सेवन गर्नु परेमा बनेपा हेल्थ केयरका चिकित्सक संग अनलाईन माध्यमबाट अनिवार्य डाक्टर परामर्श लिनुपर्ने ब्यवस्था गरेको छ । सोहि आधारमा विरामीको सम्पुर्ण स्वास्थ्य संग सम्बन्धित समस्याहरु बुझे पछि कुन औंषधि कसरी सेवन गर्ने भन्ने परामर्श दिने संचालक थापाले बताउनु भयो । ‘कोभिड केयर किटमा’ भएका आंैषधिहरु प्रयोगमा नआएको खण्डमा फिर्ता गर्ने योजनामा समावेश गरेको छ । चिकित्सक संग स्वास्थ्य परामर्श लिनको लागी बनेपा हेल्थ केयरका व्यवस्थापकको मोवाइल नम्वर ९८०३१५४६१९ मा फोन गर्ने ब्यवस्था मिलाईएको छ । संक्रमित विरामीहरुले वा उहांहरुको अभिभावकहरुले चिकित्सकहरु संँग उचित सल्लाह, सुझाव समेत लिन नपाइरहेको अवस्थामा बनेपा हेल्थ केयरको यो सेवाले विरामीहरुलाई सकारात्मक भई ठिक हुन सहज हुने विश्वास लिएको थापाले बताउनु भयो ।

बनेपा हेल्थ केयरले यस अघि सामाजिक उत्तरदायित्व अन्र्तगत संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो भने विद्यालयहरुमा समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।