सेनाको टोलीद्वारा आमादब्लम हिमालको सफल आरोहण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सेनाको टोलीले आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

“सफा हिमाल अभियान-२०२१” अन्तर्गत हाई क्याम्पको फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्गसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले आज ६,८१२ मिटर अग्लो आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको होे ।

यहि बैशाख १२ गतेबाट नेपाली सेनाले सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरेको हो । सेनाको टोली हिजो राती आमादब्लमको क्याम्प टु बाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।