कठायतको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त

14
Shares

विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीको शिखर नगरपालिका–३ सालगाउँका लालबहादुर कठायतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गर्नु हुँदै यस दुःखद् घडीमा कठायतप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

मन्त्री आलेले कठायतको निधनबाट नेकपा (एमाले) डोटी सहित समग्र एमाले पार्टीले एक असल र निष्ठावान् नेता तथा डोटीका जनताले इमान्दार युवा नेता गुमाएको बताउनुभएको छ । कोभिड–१९ को सङ्क्रमणले उहाँको आज बिहिबार निधन भएको थियो । उहाँले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका कठायतले सुदूरपश्चिमेली जनताप्रति समर्पित युवा नेताको भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमाउल्लेख गर्नुभएको छ।

विज्ञप्तिमार्फतमन्त्री आलेले भन्नुभयो, “कमरेड कठायत जीले लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा ठूलो योगदान पुर्‍याउनुभएको छ, उहाँको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ पार्टीले एक असल युवा नेता गुमाएको प्रति दुःखिद भएका छौँ ।”