निषेधाज्ञा अटेर गर्ने ३१५ सवारीसाधन नियन्त्रणमा


हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायब उपरीक्षक जयश्वर रिमालसमेतको चेकिङ टोलीले निषेधाज्ञा अटेर ३१५ सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय प्रशासन कार्यालयमा पठाएको छ ।

मकवानपुरका बिभिन्न स्थानमा राखिएको चेकप्वाइन्टमा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडी र ट्रिपर गरी ३१५ वटा सवारीसाधन तथा सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिइएको हो ।

अटेर गरी पसल सञ्चालन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको तथा निषेधाज्ञा उलंघन गर्ने सवारीधनी तथा पसल सञ्चालक ५७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको छ ।