नर्सिङ सेवामा राज्यको लगानी बढाऊ

 अन्तर्राष्ट्रिय नर्स दिवस


नेपाल समाचारपत्र, काठमाडाै‌ । 
आजअन्तर्राष्ट्रिय नर्स दिवस । नर्सहरूले स्वास्थ्य सेवामा पु-याएको योगदानको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरूप ‘नर्स: नेतृत्वको लागिआवाज, भविष्यको स्वास्थ्य सेवाकालागि एक दृष्टि’ भन्ने मूल नाराका साथविश्वभर यो दिवस मनाइँदै छ ।यो दिवसले नेपालमापनिवर्तमान र भविष्यको गुणस्तरीय स्वास्थ्यकालागि नर्सहरूको भूमिकाप्रकाशपार्ने अवसर प्रदान गर्ने विश्वास गरिएको नर्सिङ तथा सामाजिक सुरक्षामहाशाखानिर्देशक रोशनीलक्ष्मीतुइतुइले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राज्यका सबै तहबाट नर्सहरूको योगदानलाई अझ परिष्कृत र विस्तार गर्न स्थानीयतहदेखि केन्द्रीयअस्पतालसम्मविशेषज्ञ र विशिष्टीकृत नर्सहरूको दरबन्दीथप गर्न, नीतिनिर्माण तहको नेतृत्व र व्यवस्थापकीयजिम्मेवारीमा समतामूलकउपस्थितिकालागि राज्यले नर्सिङ सेवामालगानी बढाउने ध्येय राख्नुपर्ने आजको आवश्यकता रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।आपत्कालीनअवस्थामा समेत सरकारी,निजीतथाअन्य क्षेत्रमाकार्यरत नर्सले अग्रपंक्तिमा रहेर बिरामीलाई स्वास्थ्य सेवा पु-याउन, समुदायस्तरमा रोगको रोकथाम, स्वास्थ्य प्रवद्र्धन गर्न र स्वास्थ्य क्षेत्रकानीतिनियमनिर्माणमा समेत महत्त्वपूर्ण योगदान पु-याउँदै आएका छन् । सम्पूर्ण स्वास्थ्य क्षेत्रको भविष्य तय गर्नसमेत नर्सहरूले विशेष भूमिका खेल्न सक्ने कुरालाई यस वर्षको नाराले आत्मसात् गरेको छ ।हालनेपालनर्सिङ परिषद्मा दर्ता भएका नर्सको संख्या ९६ हजारभन्दा बढी रहेको छ । तीमध्ये ६२ हजार ७५ दर्तावाल नर्स (प्रवीणता प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर तथाविद्यावारिधि गरेका नर्स) र करिब ३५ हजार १ सय ६८ अ.न.मी.हरू रहेका छन् । नेपालमाकरिब २ सय ६० शिक्षण संस्थाबाट नर्सिङ विधाकाविभिन्नतहका शैक्षिककार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य सेवाको मेरुदण्डको रूपमानर्सिङ सेवाभित्रविभिन्न समस्या र चुनौतीहरू पनि रहेका छन् । अत्यन्तै न्यूननर्सिङ जनशक्ति, बिरामीको तुलनामा नर्सको अपर्याप्तअनुपात, नर्सहरूले पाउने सेवासुविधामाकमी, नर्सहरूको व्यावसायिक बृद्धि विकास नियमितनहुनु जस्ता समस्यानर्सिङ क्षेत्रकाप्रमुख समस्या रहेका छन् । यी समस्याहरूको निवारणका लागि नेपाल सरकारले समयानुकूलनर्सिङ जनशक्तिको दरबन्दीथप गर्न, स्वास्थ्य सेवाथपवाविस्तार गर्दा सीप मिश्रित हुने गरी स्वास्थ्यकर्मीको दरबन्दीथप गर्नुपर्ने आंैल्याइएको छ ।निजी र अन्य क्षेत्रमाकार्यरत नर्सहरूको प्राविधिकतहको न्यूनतम सेवासुविधातोकी सबै क्षेत्रमाअनिवार्य लागू गराउन, र समयानुकूल ऐन र नियमावलीमा संशोधन गरी नर्सलाई प्रोत्साहन र हौसलादिन सकेमा समग्र नर्सिङ पेसा र सेवाको सम्मानहुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न नर्सले अहम् भूमिका खेल्नेनर्सहरूको भनाइ छ । यस महाशाखाले नर्सको क्षमताअभिवृद्धि तथा पेसागत सुरक्षा र नर्सिङ क्षेत्रमा रहेका समस्या र चुनौतीको निराकरणकालागि नेपालनर्सिङ परिषद् र अन्य सरोकारवालानिकायसँग समन्वय र साझेदारी गर्दै आएको छ ।