यात्रुसँग बढी भाडा असुल्ने २ पक्राउ


काठमाडौं, (नेस)

यात्रुसँगतोकिएकोभन्दा दोब्बर बढी भाडा लिने २ जनालाई ट्राफिक प्रहरीले कलंकी र गोंगबु बसपार्कबाट पक्राउ गरको छ ।उपत्यकामानिषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट घर फर्किने र जरूरी कामकासिलसिलामाउपत्यकाबाहिरका जिल्लाजाने यात्रुहरूसँग बढी भाडा लिई ठगी गर्ने पक्राउ गर्ने क्रममातीदुई जना फेला परेका हुन् ।

यसरी पक्राउपर्नेमा सप्तकोशी काउन्टर कलंकीमाकाम गर्ने बाराकाहृदय नारायण साह र गंगबुबाट बर्दियाका कृष्ण चौधरी रहेका छन् । साहले ना ६ ख ५०६७नम्बरको बसमाकलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएकाथिए । पक्राउ परेका चौधरीले ना ७ ख ४९२० नम्बरको बसबाट बर्दिया जाने यात्रुहरूसँग प्रतिव्यक्ति २ हजार ५ सय सयदेखि ३ हजारसम्म लिने गरेका थिए ।दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरी हालसम्म २८ जनालाई पक्राउ गरी कारवाहीको दायरामाल्याएको महाशाखाले जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भएपश्चात् बढी भाडा लिई यात्रु ठग्नेबिरुद्ध कारवाहीअभियान सञ्चालन गरी छुट्टै टिम परिचालनगरेको छ । टोलीले सूचना संकलन गर्ने, निगरानी गर्ने, यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्यरूपमाबुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखाप्रमुखएसएसपीजनक भट्टराईले बताउनुभयो ।