कोरोनाको नाममा स्टार अस्पतालको लुट

एकै रातको १८ हजार बेड चार्ज


नेपाल समाचारपत्र, काठमाडौं

कोरोना संक्रमणबाट हुने संक्रमितको वृद्धि केहीनिजी अस्पतालका लागि कमाउने सुनौलो अवसर बनेको छ ।केहीअस्पतालले कोभिडका बिरामीसँग सरकारले तोकेभन्दाचर्को रकम असुल्ने गरेको पाइएको छ । त्यसैमध्येको एक हो ललितपुरको सानेपा हाइटमा सञ्चालित स्टार अस्पताल । सो अस्पतालले कोभिड वार्डका नाममा एउटै बिरामीको श्यया बापत प्रतिदिन साढे १८ हजार रुपियाँ असुलेको रसिद नेपाल समाचारपत्रले प्राप्त गरेको छ ।

अस्पतालले कोभिड वार्डका नाममा साँघुरो कोठाभित्र ८ जना संक्रमितलाई राखी जर्नल बेडबापत साढे १८ हजार रुपियाँ शुल्क लिएको रसिदमा देखिन्छ । अस्पतालले श्ययाबापत साँढे १८ हजार रुपियाँ र डक्टर राउन्डबापत प्रत्येक पटकको ४ हजार रुपियाँ शुल्क लिएको उजुरी परेपछि गत २६ गते ललितपुर जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, महानगरीय प्रहरी परिसरका अपरेसन प्रमुख प्र.ना.उ. शरतकुमार थापा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष धु्रव तण्डुकार र जिल्ला प्रशासन कार्यालय कोभिड डेस्क प्रमुख समेतको टोलीले अस्पतालको अनुगमन गरेको थियो । विभिन्नकै फियत देखिएपछि टोलीले आवश्यक निर्देशन दिए पनि अस्पतालले त्यसको विपरीत भोलिपल्टै डिस्चार्ज गरिएका बिरामी आफन्तसँग चर्को रकम असुलेको रसिदले देखाउँछ । बिरामीका आफन्तले कोरोनाको महामारीमा यसरी अस्पतालले चर्को रकम असुल्दा गुनासो गर्ने ठाउँमा पुग्दासमेत त्यसको सुनुवा इनभएकाले निरीह भएर रकम तिर्नुपरेको बताए ।

‘एक त उपचारका लागि अस्पतालमा बेड नै पाउन मुस्किल छ । कतै बेड नपाएपछि निजी अस्पतालमै भएपनि भर्ना गराउनुपर्ने बाध्यता छ भने अस्पतालको बिल हेर्दा हामी आफैँ बिरामी हुने अवस्थाको सिर्जना भएको छ’ –बिरामीकाती आफन्त भन्छन् ।पीडितहरूका अनुसार स्टार अस्पताल कोभिड महामारीलाई कमाउने अवसरका रूपमाउपयोग गर्ने एक प्रतिनिधि अस्पताल मात्र हो । यसरी विभिन्न नाम माचर्को रकम असुली गर्ने अस्पताल अरूपनि छन् ।स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ताप्रा.डा. जागेश्वर गौतम भन्नुहुन्छ– ‘सरकारी अस्पतालको साधारण बेडमा बस्दा ३ हजार ५ सय रुपियाँ, गम्भीर बिरामीलाई ७ हजार रुपियाँ र आईसीयूमा बसेको बिरामीलाई १५ हजार रुपियाँ प्रतिदिनको १६ महिनादेखि स्वास्थ्य मन्त्रालयले भुक्तानी गर्दै आएको छ । सरकारी अस्पतालमा बिरामीले तिर्नुपर्दैन स्वास्थ्य मन्त्रालयले नै तिर्दै आएको छ ।

प्राइभेट अस्पतालमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत बढाएर लिन पाउँछ । किनभने,उनीहरूले अस्पताल बनाउनलाई जग्गा किन्ने, भवनबनाउने, कर्मचारीलाई तलब खुवाउनेदेखि सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने हुन्छ । ५० प्रतिशतभन्दा बढी शुल्क कसैले बिरामीसँग असुल गरेको छ भने रसिदसहितजिल्लाप्रशासनकार्यालय र वाणिज्य विभागमाउजुरी गरेको खण्डमा तत्काल कारवाही गर्छन् ।यसबारे स्टार अस्पतालको प्रशासन र मेडिकल डाइरेक्टरसँग सम्पर्क गर्न खोज्दा रिसेप्सनले सम्पर्क गराउन चाहेन ।