कोरोनाविरुद्धको भेरोसेल खोप जेठ २ देखि


काठमाडौं, (नेस)

कोरोना भाइरसविरुद्धको भेरोसेल दोस्रो चरणको खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २ गतेदेखि ११ गतेसम्म लगाउने भएको छ । यो खोप चीन सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप उपलब्ध गराएको हो ।

मन्त्रालयले बुधबार सूचना जारी गरी खोप लगाउने स्थान, समय र मिति तोकेको छ । पहिलोपटक खोप लगाएका व्यक्तिले दोस्रो खोप पनि कम्पनीको लगाउनुपर्ने भएकाले भेरोसेलको पहिलो मात्रा लगाइसकेकालाई दोस्रो चरणमा दोस्रो मात्रा दिन लागिएको हो । दोस्रो मात्राको खोप लगाउन पहिला खोप लगाएको कार्ड र आफ्नो परिचयपत्रसमेत साथमै बोक्न मन्त्रालयले आग्रह गरेको छ ।खोप लगाउन जाने व्यक्तिले कोरोना संक्रमणलाई ध्यानमा राखी सुरक्षा मापदण्ड अपनाई बिहान १० बजेदेखि ४ बजेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा पुगी खोप लगाउन अनुरोध गरिएको छ ।

जारी सूचनामा दोस्रो चरणको खोप अभियान काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालन हुने उल्लेख गरिएको छ ।