शहरी विकास मन्त्रालयले भन्यो – गोदावरी सम्मेलन केन्द्रको उद्घाटन भर्चुअल माध्यमबाट हुन्छ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

शहरी विकास मन्त्रालयले नेपालकै अहिलेसम्मको ठूलो ललितपुरको गोदावरीमा निर्माण भएको सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुने बताएको छ । मन्त्रालयले तीन हजार सट क्षमतको गोदावी सनराईज (सम्मेलन केन्द्र)को उदघाटन प्रधानमन्त्री ओलीले वैशाख ३१ गते भर्चुअल माध्यबाट गर्ने कार्यक्रम रहेको बताएको हो ।

सम्मेलन केन्द्र उदघाटनको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जाल एवं केही संचार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले ध्यानकर्षण भएको बताउँदै गलत प्रचारको भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ– प्रधानमन्त्रीले वालुवाटारबाट भर्चुअल माध्यबाट उदघान गर्ने कार्यक्रम मिलाएको र गोदावरी सम्मेलन हलमा सीमित व्यक्तिको मात्र सहभागीता हुने जनाएको छ ।

मन्त्रालयले जनस्वास्थ्य सम्बन्धी प्रटोकलको पालना गरी कार्यक्रम सञ्चालन गरिने पनि बताएको छ । विज्ञप्तीम भनिएको छ–कोरोना संक्रमणको विषम परिस्थितिका बारेमा मन्त्रालय सजक र सचेत रहेकाले कसैबाट पनि सामाजिक सञ्जाल लगायतका माध्यमबाट भ्रम सृजना हुने गरी समाचार प्रकाशन तथा प्रशारण नगरिदिनु अनुरोध गर्दछ ।