फेरि मुख्यमन्त्री बनेपछि गुरुङलाई सुर्य थापाले भने-‘बधाई सोल्टी’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले बुधबार नै पद तथा गोपनियताको सथप पनि लिएका छन् । ठूलो पार्टीको हैसियतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गरेका हुन् । बहुमतको सरकारकालागि आह्वान गरिएको समयभित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गरेका हुन् ।राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्णबहादुर थापा र खिमबिक्रम शाही तटस्थ बसेपछि विपक्षी गठबन्धनलाई बहमत नपुगेको हो ।

मुख्यमन्त्री गुरुङलाई सामाजिक सञ्जालमा एमाले निकट नेता तथा कार्यकर्ताको बधाईको आइरो जारी छ । यस्तैमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पनि मुख्यमन्त्री गुरुङको तस्बिर साझा गर्दै समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सोल्टी भन्दै बधाई दिएका छन् । उनले मुख्यमन्त्री पोखरेलको आगामी दुई बर्षे कार्यकाल सफलताको कामना गर्दै बधाई सोल्टी भन्दै शुभकामना दिएका हुन् ।