फेरि गण्डकी प्रदेशका मुख्यमन्त्री बने पीएस गुरुङ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधबार राष्ट्रिय जनमोर्चाका दुई सांसदले तटस्थ बस्ने वक्तव्य जारी गरेपछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोएका हुन्।

सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नलाग्ने र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका गर्दै एक विज्ञप्ति जारी गरेका थिए।  अाज नै कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।