काठमाडौंमा मात्र थप ३२५० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बुधबार देशभर ९३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ ।