संकलित स्वावमा सतप्रतिसत संक्रमण


नवलपरासी ।

पूर्वी नवलपरासीको पहाडी बौदिकाली गाउँ पालिकामा संकलित नमूना स्वावमा सतप्रतिसत संक्रमण देखिएको छ । स्थानीय ३ नम्वर वडाका एक पुरुष विरामी भई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भए पछि गाउंका अन्य केहीमा देखिएको लक्षणको आधारमा स्वाव संकलन गरिएको थियो ।

स्थानीय २४ जनाबाट संकलित स्वावलाई जनश्वास्थ्य प्रयोगशाला पोखरा पठाई परीक्षण गर्दा मंगलबार सवैमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।संक्रमण गाउंपालिका अध्यक्ष, एक वडाध्यक्ष केही पालिकामा कार्यरत केही कर्मचारी तथा स्थानीय बासिन्दाहरुमा देखिएको बताईएको छ । गाउंपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठका अनुसार संक्रमित सवैको अवस्था अहिले सामान्य नै रहेको र पालिकामा केही अक्सिजन सहित आईसोलेशनको ब्यवस्था गरिएको छ ।

यसै सम्वन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख केशव चापागाईले बौदिकालीमा संकलित स्वाव परीक्षणको नतिजाले संक्रमण समुदाय स्तरमा छिरेको बताउनु भयो ।चापागाईले संक्रमणबाट बच्च कोभिड १९ सम्वन्धि स्वास्थ्य प्रोटोकलको सवै जिल्लाबासीले अनिवार्य रुपमा पालन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।