युएईबाट एनसेलमा फोन गर्दा मोबाइल उपहार


काठमाडौं, नेसएनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स ९यूएई० बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो योजना वैशाख २८ गतेदेखि लागू हुने घोषणा गरेको छ । इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि सात दिनको लागि सञ्चालनमा रहनेछ । यस योजनाअन्तर्गत यूएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्नु हुने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोना भाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्दछ । यो योजनाअन्तर्गत, यूएईबाट सबैभन्दा धेरै आगमनकल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । सात दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार स्मार्टफोन हस्तान्तरण हुनेछ ।

हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्तापछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्नेछन् स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपियाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।