कोरोना संक्रमणबाट एमाले नेता चौलागाईंको निधन

0
Shares

काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । मंगलबार साँझ चौलागाईंको निधन भएको हो ।

चौलागाईँ मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।