अक्सिजनको चरम अभाव, मेडीसीटी अस्पतालले पनि लिएन बिरामीको जिम्मेवारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीको जटिल परिस्थितिमा नेपाल मेडीसीटी अस्पतालले पनि अब थप बिरामीको जिम्मा लिन नसक्ने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले अक्सिजन अभाव भएको जानकारी गराएको छ ।

अस्पतालका अनुसार बिरामीको चााप बढेसँगै दिनमा कम्तिमा पनि ५ सय सिलिण्डर असिजन आवश्यक हुन्छ । तर, सरकारले हरेक अस्पताललाई दिनमा एक सय सिलिण्डर अक्सिजन मात्र उपलब्ध गराउने भएको छ । सरकारको यस निर्णयले अस्पताल बिरामीको सेवामा जुट्न नसक्ने जनाउँदै अस्पतालले भर्ना भएका बिरामीलाई समेत अब अक्सिजन पुर्‍याउन सक्ने स्थिति नरहेको उल्लेख गरेको छ ।

त्यस्तै, आज मात्रै गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेजले समेत अक्सिजन अभाव भएको बताउँदै भर्ना भएका बिरामीलाई समेत अर्को अस्पताल खोज्न आग्रह गरिसकेको छ ।