न्युज अफ नेपाल, काठमाडौं ।
गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेजले त्यहाँ भर्ना भई उपचार गराइरहेका कोरोना संक्रमितलाई अक्सिजन पुर्याउन नसक्ने भन्दै छिटो भन्दा छिटो अर्को अस्पतालमा सार्न आग्रह गरेको छ ।
मंगलबार दिउँसो एक सूचना जारी गरी अस्पताल प्रशासनले अक्सिजन अभाव भएको बताउँदै भर्ना भएका बिरामीलाई समेत अन्तै सार्न अनुरोध गरेको हो । अस्पतालले सूचना जारी गरेसँगै अस्पतालमा उपचार गराइरहेका बिरामीलगाएत आफन्तको रुवाबासी सुरु भएको छ ।
प्रतिक्रिया