काठमाडौंमा मात्र २७७५ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

काठमाडौं उपत्यकामा थप ३६ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा ३६ सय ७ जनालाई पोजेभिट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा २७७५ , भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर ९ हजार २७१ जनालाई संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको मृत्यु भएको छ ।