सरकारका गतिविधिले गर्दा संविधानलाई नै कोरोना लागेजस्तो भयो : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गतिविधिले गर्दा संविधानलाई नै कोरोना लागेर आईसीयूमा राखेको जस्तो अवस्थाबाट गुज्रिनुपरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि प्रचण्डले प्रधानमन्त्रीले ओलीले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको दाबी गर्दै देउवाले राखेको नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्ने बताए ।

त्यस्तै, उनले ओलीलाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । प्रचण्डले भने के तपाईं छातीमा हात राखेर आत्मसमीक्षा गर्न तयार हुनुहुन्छ ? म हो कि राष्ट्रिय समस्या तपाईं हो ? म बहस गर्न तयार छु,’ ।