७० किलो गाँजा बरामद

0
Shares

पर्सा । बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने ४५ वर्षीय सोती कलवारको घरबाट ७० किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उनले अवैध लागूऔषध गाँजाको कारोबार गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कोठाभित्र प्लाष्टिकको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।