बर्दिया । राजापुर नगरपालिका–४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका–१ बस्ने गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया