ट्राफिकलाई स्वास्थ्य सामग्री प्रदान


नेपाल समाचारपत्र, काठमाडौं

नेपालमा कोभिड १९ को दोस्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथामअभियानमा अगाडि बढ्न थालेको छ । सोही क्रममा एमाले निकट नेपाल खेलकुदमहासंघ (नेकोस)ले ‘नेकोसको आह्वान, कोभिड – नो भिड’भन्ने मूल नाराको साथआफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ ।

सोहीअभियानअन्तर्गत महासंघका केन्द्रीयउपाध्यक्षएवं कोभिड राष्ट्रिय अभियानका केन्द्रीय संयोजक परशुरामबस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्कीलगायतअन्यपदाधिकारीहरूको टोलीले इँटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको स्थाई कमिटी सदस्यकार्कीले जानकारी गराए ।नेकोसका केन्द्रीयउपाध्यक्षएवं कोभिड राष्ट्रिय अभियानका केन्द्रीय संयोजक परशुरामबस्नेतले २२५० थानमास्क, १० लिटर स्यानिटाइजर र केहीदर्जन ग्लोभ्स ट्राफिक कार्यालयकाप्रमुखलाई प्रदान गरेका हुन् ।

पहिलो चरणमा अहोरात्र सडकमा खटिँदै प्रत्यक्षजनसम्पर्कमा रहने भएकाले कोभिड संक्रमणको अग्रस्थानमा रहेका ट्राफिकहरूका लागि यो स्वास्थ्य सामग्री प्रदान गरिएको हो । हामीकोभिड संक्रमण रोक्नकालागिक्रमशःअन्य क्षेत्रमापनि सहयोग गर्दै जानेछौं स्थाई कमिटी सदस्यकार्कीले बताए ।