अमेरिकामा साइवर आक्रमणपछि संकटकाल घोषणा


वासिंगटन, एजेन्सी ।

अमेरिकी सरकारले अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन प्रणालीलाई फिरौति रकमको माग सहित साइवर आक्रमण गरिएपछि आइतवार आपतकालिन स्थितीको घोषणा गरेको छ । आक्रमणमा परेको कोलोनियल पाइपलाइनले दैनिक करिव २५ लाख व्यारल इन्धन बोक्ने गरेको छ । पुर्वी समुद्रि तटिय क्षेत्रको ४५ प्रतिशत डिजेल , पेट्रोल र हवाई इन्धन यसले आपुर्ति गर्दै आएको छ ।

शुक्रवार एउटा साइवर (आपराधिक समुहले आक्रमण गरे यता यसको आपुर्ति प्रणाली पूणर्त अफलाइन भएको छ । कोलोनियल पाइपलाइनले अझै पनि आफ्नो सेवा सुचारु गर्ने सक्दो प्रयास गरिरहेको छ । यस आपतकालिन स्थिती घोषणाका कारण सडक मार्ग प्रयोग गर्दै इन्धन ओसार्न पाउने अनुमति प्राप्त भएको छ ।यसै अप्रत्यासित घटनाको कारण सोमवार इन्धनको मुल्यमा २ देखि ३ प्रतिशतले वृद्धि हुनसक्ने विशेषज्ञहरुले आँकलन गरेका छन् । तर यो स्थिती लामो समयसम्म निरन्तर रहेको खण्डमा जनजिवनमा थप नराम्रो असर पर्न सकिने पनि बताइएको छ ।

अधिकांश सम्बन्धित सुत्रहरुले विहिवार कोलोनियलको नेटवर्कमा अवैध घुसपैठ गरेका ‘ डार्क साइड ’ नामक साइवर ( आपराधिक समुहले यसरी समस्या समाधानका लागि आवश्यक रकम माग गर्दै आक्रमण गरेको पुष्टि गरेका छन् ।