गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

सो बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।