बिना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेको बेला ओलीका तर्फबाट नेताद्वय नेम्बाङ र पौडेल सिंहदरबार पुगेका थिए ।

दुई पक्षको वार्तामा पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा कसैको पनि विवाद नरहेको जनाउँदै नेम्बाङले भने ‘माधव कमरेडले पनि खुलस्त आफ्नो कुरा गर्नुभयो। पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा कसैको पनि विवाद छैन। देखिएका समस्या कसरी समाधान गर्ने भन्नेबारे सबैको चिन्ता छ ।’

प्रतिक्रिया दिनुहोस्