लुम्बिनीमा विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई बुझाए पत्र

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लुम्बिनी प्रदेशसभाका विपक्षी दलले विशेष अधिवेशन माग गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष सो प्रस्ताव राखेका हुन् । त्यस्तै, पोखरेलसँग बहुमत नरहेको जनाउँदै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।