नेपाल समाचारपत्रकर्मी शर्मालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल सामाचारपत्रकर्मी दुर्गाप्रसाद शर्मालाई २०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पर्वत संवाददाता शर्मालाई १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरिएको हो । प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष तथा हाल केद्रिय २०५६ देखि नेपाल समाचारपत्र दैनिकमा संवाददाताको रुपमा काम गर्दै आउनुभएको छ ।

एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट २०७६ सालमा इन्द्र बुढा (उजीर मगर) , संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर वि.क. र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट संवाददाता शर्मा शर्मा संगै दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् । वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गर्नुभयो। कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।
मन्त्रालयले यसअघि पुरस्कार छनौटका लागि सञ्चार मन्त्रालयका सचिब हरिप्रसाद बस्यालको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोबिन्द आचार्य, बरिष्ठ पत्रकार तीर्थ कोइराला, सञ्चार मन्त्रालयका सहसचिब शोभाकान्त पौडेल र सञ्चारमन्त्रीका प्रेस बिज्ञ राजेन्द्र मानन्धर रहेको छनौट समिति गठन गरेको थियो । समितिको सिफारिसमा मन्त्रालयले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।