कोरोना संक्रमणबाट पत्रकार दिनेश दाहालको निधन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । ४० वर्षका दाहाललाई वैशाख १ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएसँगै घरमै आइसोसलसनमा बसेका उनलाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक र प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

त्यस्तै, दाहालको निधनप्रति पत्रकार महासंघले दुख व्यक्त गरेको छ । महासंघले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको जनाउँदै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित समवेदना व्यक्त गरेको छ ।