गृह जिल्लामा तत्काल आइसीयू संचालन गर्न नेता श्रेष्ठको चासो

392
Shares

भूपराज बस्याल, काठमाडौ ।

नेपाली काङ्ग्रेसका संगठन विभाग प्रमुख एवम् पुर्व उपप्रधानमन्त्री वरिष्ठ नेता गोपालमान श्रेष्ठले गृह जिल्ला स्याङ्जाको आइसियु बेडको बारेमा चासो देखाउनु भएको छ ।

स्याङ्जा जिल्लाको जिल्ला अस्पतालमा दस वटा आसियु बेड संचालन गर्न सक्ने क्षमता भएपनि हालसम्म संचालनमा नआएको हुँदा अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल आइसियु बेड संचालन गर्न नेता श्रेष्ठले शुक्रबार निर्देशन दिनुभएको हो । नेता श्रेष्ठले स्याङ्जा जिल्ला अस्पतालका प्रमुख डाक्टर रमेश आचार्य लाई फोन गरि जिल्लाको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै तत्काल आईसियु बेड संचालन गर्न आग्रह गर्नुभएको हो ।

टेलिफोन वार्तामा नेता श्रेष्ठले बेड संचालनको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको थियो । नेता श्रेष्ठसंग कुराकानी गर्दै डाक्टर आचार्यले सनिवार देखि आइसियु बेड संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।