भारतमा अनियन्त्रित बन्यो कोरोना, एकैदिन ४ हजार बढीको मृत्यु, लाखौँ संक्रमित


काठमाडौँ ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण बाहिर गएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ हजार १९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मर्नेको कूल संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

त्यस्तै, सोही अवधिमा ४ लाख १ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्मका कूल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ५५६ पुगेको छ । भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३७ लाख बढी पुगेको छ ।