अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलका एक जनप्रतिनिधिकोे एम्बुलेन्समै मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

जनप्रतिनिधिले त बेड नपाएर न्यान गुमाउनु परेको बुटवलको घटनाले यहाँको स्वास्थ्य सेवा कस्तो प्रभावकारी छ भन्ने पुुष्टी हुन्छ । ]

बुटवल नगरपालिका प्रादेशिक अस्पताल प्रदेश सरकार कोरोना को उपचारमा कती संवेदशिल रहेछ भन्ने गतिलो प्रमाण देखाउन सकिन्छ अस्पतालमा बेड खोज्दाखोज्दै एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाउनु परेको यर्थाथताले पुष्टि गरेको छ ।

बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापा मगरको अस्पतालमा बेड खोज्दाखोज्दै राती २ वजे एम्बुलेन्समै मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै भेन्टीलेटसहितको बेड नपाएर एम्बुलेन्समै उहाँको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा भेन्टीलेटसहितको बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आउनु भएको थियो ।

बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उहाँलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो ।
‘तीन वटै अस्पताल पु¥यायौं । तर कतै पनि बेड पाएनौ,’रेग्मीे भन्नु भयो, ‘अन्ततः उहाँको एम्बुलेन्समै निधन भयो ।’