राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको मनोनयन दर्ता


न्युज अफ नेपाल काठमाडौ ।

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले उम्मदेवारी दर्ता गरेका छन् । रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि थापा र देवकोटाको मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ ।

विहान सम्म उम्मेदावरी नदिने मनस्थितिमा रहेका थापा ओलिसँगको पटक पटकको छलफल पछि मात्र उम्मेदवारी मनोनयका लागि हेटौडा गएका हुन । गृहमन्त्री थापा उम्मेदवारी दर्ताका लागि हेलिकप्टर चार्टर गरेर हेटौडा पुगेका थिए ।

्बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । माओवादी केन्द्रको चुनाव चिन्न लिएका देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।