अब केएमसीमा कोरोना संक्रमितको निःशुल्क उपचार


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच सम्झौता भएको हो ।

सम्झौतासँगै अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । उपचारका क्रममा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब केएमसीमा कोरोना संक्रमितको उपचार निःशुल्क हुँने अस्पतालका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुँने व्यवस्था मिलाएको डा.शर्माले बताए । अब कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँछन् ।’

गत भदौं महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका डा शर्माले अघिल्लो कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला केएमसीमा २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए । केएमसीमा अहिले पनि सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेका बेला डा शर्माले केएमसीमा १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छन् ।