न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल पनि देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ ।
ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने आश्वासन दिएर नेता नेपाल फर्किएका छन् । एमाले मिलाउनका लागि ओलीलाई दबाब दिलाउन नेपाल राष्ट्रपति भवन गएको बताइएको छ ।
प्रतिक्रिया