निषेधाज्ञा उलंघन गर्ने ९५ सवारीसाधन नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल,  हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसमेतको चेकिङ टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उलंघन गर्ने सवारीसाधनहरु नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल/स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी ९५ सवारीसाधनलाई नियन्त्रणमा लिइएको र अटेर गरी पसल सञ्चालन गर्ने ५ जनालाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको छ ।