काठमाडौंमा मात्रै ३१६३ जनामा कोरोना संक्रमण पुष्टि, २४५३३ संक्रिय संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र काठमाडौंमा ३१६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि…

२४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु