अस्पतालका सेवा बन्द


बैतडी, (नेस)

जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसँतिबाहेकका सबै सेवा बन्द गरिएका छ । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवा बन्द गरिएको हो ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीका अनुसार महामारीका बीचमा अन्य सेवाका लागि अस्पताल नआउन हाम्रो आग्रह छ, केही स्वास्थ्य समस्या आएमा अस्पतालको फोनमा सम्पर्क गरेर परामर्श लिन भने सकिनेछ ।’ –जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशी भन्नुहुन्छ ।जिल्ला अस्पताल बैतडीमा हाल कोरोनाका ८ जना बिरामी छन् । अस्पतालमा १२ शैय्याको आइसोलसन रहेकोमा ५ जनालाई अक्सिजनको सहयताले उपचार भइरहेको अस्पतालले जनाएको छ । अन्य ३ जनाको अवस्था भने गम्भीर नरहेको जनाइएको छ ।यसै बीच जिल्ला अस्पताल बैतडीमा पछिल्लो समयमा कोरोनाका बिरामीहरुको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताउनुभयो । पछिल्लो केही दिनयता कोरोनाका बिरामीको संख्या दिनानुदिन बढ्दै गएका र जसमा मध्यम जटिल खालका बिरामीहरु अस्पतालमा भर्ना भएका छन् । ‘जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुने देखिन्छ, अक्सिजन सहयोगका लागि पनि आह्वान छ ।’ – उहाँले भन्नुभयो ।

अस्पतालमै राख्नुपर्ने बिरामीहरुलाई मात्रै अस्पतालमा राखिएको र समान्य लक्षण भएकाहरुलाई संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्ने सल्लाहसहित पठाउने गरिएको अस्पतालले जनाएको छ ।यस्तै, पाटन नगरपालिका–६ स्थित पाटन प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका अन्य सेवा बन्द गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको जनाएको छ । केही समस्या परेमा स्वास्थ्यकर्मीहरूलाई फोन गरेर परामर्श लिन समेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ ।

कोरोनाको दोस्रो लहर फैलिसकेपछि जिल्लामा हालसम्म २ जनाको संक्रमणबाट मृत्यु भएको छ । भारतसंग सीमा जोडिएको जिल्ला भएकाले यहाँ संक्रमणको दर बढ्दो छ ।कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले वैशाख २० देखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

शिक्षकको गयो प्राण

कोरोना संक्रमणबाट बुधबार एक शिक्षकको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–१ डन्सेलीमा रहेको कैलाश आधारभँत विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षक रहेका छन् ।जिल्ला अस्पतालमा उपचाररत ती शिक्षकको बुधबार बिहान करिब २ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो । गम्भीर बिरामी रहेका ती शिक्षकलाई मंगलबार मात्रै अस्पताल पु¥याएको र अक्सिजन दिएर अस्पतालमा राखिएको थियो । ‘अवस्था गम्भीर थियो, अक्सिजन दिएर राखेका थियौं, बाहिर रिफर गर्न सकिने अवस्था थिएन, अस्पतालमै मृत्यु भयो ।’ –उहाँले भन्नुभयो ।

कोरोना संक्रमित ती शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको अस्पतालले जनाएको छ । गएको शुक्रबार संक्रमण पुष्टि भएका ती शिक्षक यसअघि होम आइसोलेसनमै रहेका थिए ।योसँगै दोस्रो लहरको कोरोना संक्रमणबाट बैतडीमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि यही वैशाख १४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोनाका कारण डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।