भवनबाट खसेर स्विस कुटनीतिज्ञको मृत्यु


जेनेभा,(एजेन्सी)
इरानको राजधानी तेहरान स्थित स्विस दुतावासका एक वरिष्ठ महिला कर्मचारीको आफु बस्ने अग्लो भवनबाट खसेर ज्यान गएको इरानी संचार माध्यमले मंगलवार जनाएको छ । आपतकालिन सेवाका प्रवक्ता मेहरले संमाचार निकायलाई बताएका छन् , ‘ दुतावासका प्रथम सचिवको हैसियतले कार्यरत ५१ वर्षिया महिलाको दुर्घटनामा मृत्यु भएको हो । कामारानिया क्षेत्रमा मंगलवार बिहान सो घटना घटनासाथै प्रहरी स्वास्थ उद्धार टोलि सहित तत्काल पुगेपनि उनको ज्यान जोगाउन सकिएन ।


महिलाको नाम भने खुलाइएको छैन । यसैबिच स्विस विदेश मन्त्रालयले इरानमा भएको एक् दुर्घटनामा आफ्नो एक कर्मचारीको ज्यान गएको पुष्टि गरेको छ । विदेश मन्त्रालयका संघय काउन्सिलर इग्नाजियो क्यास्सिसले उनको मृत्यु प्रति दुख व्यक्त गर्दै सम्बन्धित परिवार समक्ष समवेदना प्रकट गरेका छन् । उनी कसरी दुर्घटनामा परिन् भन्नेबारे भने केहि बताइएको छैन । मन्त्रालयले आफु उनको परिवार र इरानी निकायको सम्पर्कमा रहेको बताएको छ ।सन् १९७९ को इरानी इस्लामिक क्रान्तिको केहि समय पछि नै तेहरान र वासिंगटनबिचको सम्बन्ध बिग्रिए यता स्विजरल्यान्डले इरानमा अमेरिकी कुटनीतिक मामिलाको प्रतिनिधित्व गर्दै आएको हो ।