ट्रम्पको आफ्नै नयाँ वेवसाइट संचालनमा


न्युयोर्क,( एजेन्सी )

अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संचारका लागि आफ्नै नयाँ वेवसाइट चालु गरेका छन् । यस वेवसाइटले सिधै ट्रम्पको डेस्कबाट आवश्यक सामग्रीहरु प्रकासित गर्न सक्ने बताइएको छ ।

गत जनवरीमा रिपब्लिकन ट्रम्पका समर्थकहरुले क्यापिटल भवनमा हुलदंगा गरेपछि उनले दिएका आपत्तिजनक अभिव्यक्तिहरुलाई लिएर उनका निजी ट्विटर , फेसबुक र युट्युव सेवा बन्द गरिएको थियो ।त्यतिवेला देखि ट्रम्पले आफ्ना लिखित विज्ञप्तिहरुको प्रेस रिलिज गर्दै आएका थिए । तर अब देखि यो कार्य नयाा वेवसाइटले गर्ने भएको छ । यस वेवसाइटमा राखिएका ट्रम्पका कुनै पनि दृश्य तथा श्रव्य सामग्री अन्य प्रयोगकर्ताहरुले ट्विटर र फेसबुक एकाउन्टमा सेयर गर्न सक्ने बताइएको छ । फेसबुकको ओभरसाइट बोर्डले ट्रम्पमाथि स्थायी रुपमै प्रतिवन्ध लगाउने पो हो की भन्ने विषयमा निर्णय दिनु एक दिन अगाडि ट्रम्पको यो नयाँ वेवसाइट सार्वजनिक भएको हो ।

यसअघि नै ट्रम्पका वरिष्ठ सल्लाहकार ज्यासन मिल्लरले एउटा नयाँ सामाजिक संजाल मार्फत ट्रम्पको मिडिया प्लेटफर्मको थालनी गरिने जानकारी दिएका थिए । साथै उनले गत मार्चमा यो प्लेटफर्म ठूलै हुने पनि बताएका थिए । तर मल्लिरले मंगलवार ट्विट गर्दै नयाँ वेवसाइट आफुले पहिले फूर्तिका सथ भनेको जस्तो सामाजिक संजाल प्लेटफर्म नभएके स्पष्ट पारिसकेका छन् ।ट्रम्पको पुर्व चुनाव प्रचार प्रसार व्यवस्थापक ब्राड पास्र्केलले स्थापना गरेको डिजिटल सेवा कम्पनी क्याम्पेन न्युक्लियसले यो वेवसाइट निर्माण गरेको बुझिएको छ ।