जुम्ल्याहालाई लाखौ: डलरको छात्रवृत्ति


न्युयोर्क,(एजेन्सी)

अमेरिकाको नर्थ क्यारोलिना निवासी सत्र वर्षिय प्रतिभावान जुम्ल्याहा भाइबहिनीले पनध्रवटा कलेजमा छात्रवृत्तिलाई दिएको आवेदन स्विकार भएपछि एकमुष्ठ १५ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने भएका छन् ।

१२ जुन देखि -यालेइ स्थित एन्लोए म्याग्नेट हाइस्कूलबाट स्नातक तहको अध्ययन शुरुगर्न लागेका रिगन र रिकार्डो रेजोनले दिएको आवेदन हर्वर्ड युनिभर्सिर्टी , येल युनिभर्सिटी , मास्साचुसेत्स इन्स्टिीच्युट अफ टेक्नोलोजी , युनिभर्सिर्टी अफ पेनसिल्भानिया र ड्युक युनिभर्सिटी लगायत १५ वटा युनिभर्सिटीले स्विकारेको थियो ।

तिनीहरुले डब्ल्युआरएएल टेलिभिजनलाई बताएक छन् , ‘ यति धेरै सफलता र धनराषि पाएकोमा हामीलाई खुशी र आश्चर्य दुवै लागेको छ । विश्व नै कोरोना भाइरस महामारीको चपेटामा परिरहेको अवस्थामा यस वर्ष कलेजहरुमा आवेदन प्रक्रिया पूरा गर्न पनि धेरै बिद्यार्थीले कठिनाई भोग्नु परेको छ । हामीलाई हाम्रो अभिभावकले किन्डरगार्टेनमा भर्ना हुनुअघि नै घरमै दिनुभएको शैक्षिक वातावरण नै यस सफलताको रहस्य हो । हामी दुवैलाई हुन त कम्प्युटर विज्ञानमा निकै रुचि छ । तर कलेजको निर्णयलाई पनि हामीले प्राथकिमकता दिने छौं । ’