बालुवाटारमा एमाले स्थायी कमिटी बैठक शुरु


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।  आजको बैठकले माधव नेपाल पक्षका सांसदलाई थप कारबाही गर्न सक्ने दाबी गरेको छ। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने निर्णय गरेको सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा बैठक बोलाएका हुन्।