काठमाडौंमा थप २७७९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७७९ , ललितपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै आज देशभर ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७७५ जना डिस्चार्ज भएर घर फर्केका छन् । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।