प्रभावकारी बन्दै विवेकशील साझाको हटलाईन सेवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीले शुरु गरेको कोरोना विरुद्धको हटलाईन सेवा प्रभावकारी वन्दै गएको देखिएको छ। कोरोना संक्रमण उच्च दरले फैलिरहेको र संक्रमितहरुले दुख पाईरहेकाले त्यसलाई समन्वय गर्न पार्टीले शुरु गरेको हटलाईन सेवाबाट सर्वसाधारण लाभान्वित हुन थालेका हुन्।

कोरोना विरुद्धको हटलाईन सेवा अन्तर्गत सेवाग्राहीले निषेधाज्ञाको समयमा एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, कोरोना उपचार समन्वय, चिकित्सकीय सल्लाह लिन र अस्पतालहरुमा भर्ना सम्वन्धि आवश्यक जानकारी र समस्या समाधानका लागि समन्वय गरिने जनाईएको छ ।विवेकशील साझा पार्टीले सुरु गरेको हटलाईन नम्बर ९८१३५७७२०७ हो जसमा ह्वाट्स एप समेत गर्न सकिने पार्टीले जनाएको छ।

हटलाईनमा सम्पर्क गरी आवश्यक जानकारी र सुविधा लिन सर्वसाधारणले सहज मानेको र सोही बमोजिम आफूहरुले समन्वय गरिरहेको विवेकशील साझा पार्टी बाग्मती प्रदेश सञ्चार विभाग प्रमुख रञ्जन कार्कीले जानकारी दिए ।

हटलाईन सेवाको समन्वय गरिरहेकी पार्टी केन्द्रीय सदस्य रजीया बानुले विपतमा सर्वसाधारणलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी भएको प्रतिकृया दिइन । उनले भनिन् (‘सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न थालेका छन, हामीले सोही बमोजिम समन्वय गरिरहेकाछौं,।